FAQ

विश्व उपभोक्ता अधिकार दिवस २०२४ मनाइएको छ 

  • कहिले ? : १५ मार्च २०२४ 
  •  हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ
  • सन् २०२४ को नारा : 'Fair and responsible AI for consumers'
  • सन् २०२३ को नारा : 'Empowering Consumers Through Clean Energy Transitions.'
  • विश्व उपभोक्ता अधिकार दिवस पहिलोपटक सन् १९८३ मा मनाइएको थियो

११४ औं अन्तराष्ट्रिय महिला दिवस २०२४ मनाइएको छ  

  • कहिले ? : २०२४ मार्च ८ 
  • २०२४ को राष्ट्रिय नारा : महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी 
  • २०२४ को अन्तराष्ट्रिय नारा : Invest in women : accelerate progress
  • २०२३ को राष्ट्रिय नारा : ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’
  • २०२३ को अन्तराष्ट्रिय नारा : “DigitALL: Innovation and technology for gender equality,”
  • यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।
  • संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले "विगत मनाउँदै, भविष्यबारे योजना गर्दै" भन्ने विषयलाई आत्मसात् गर्‍यो।

इतिहाँस 

  • सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले "रोटी र शान्ति" को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन।
  • महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो।
  • महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो।
  • त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइन्छ।

निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुँदैन : उपसभापति खड्का 

नेपाल भारत
एमाले भाजपा
  • 'ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई व्यवहारिक बनाउन पार्टीको तर्फबाट कुनै कसर रहने छैन,' उनले भने, 'यसको लागि कर्मचारी संगठनहरूले पनि आवश्यक पहल गर्नुपर्छ ।'

संसद्‌को ठूलो दलको हैसियतले अन्य दलसँग समेत समन्वय गर्दै छिटोभन्दा छिटो ऐन पारित गर्न भूमिका खेल्ने उनको भनाइ छ । 'यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्नेछ,' उपसभापति खड्काले भने, 'म संसद्को ठूलो दलको हिसावले नेपाली कांग्रेसले सबै कर्मचारीहरुको सेवा सुविधा र वृत्ति विकासको सुनिश्चित हुने गरी विधेयक पास गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्दछु ।'सरकार पुनर्गठनअघि कांग्रेसकातर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री रहेका खड्का निजामती विधेयकको मस्यौदालाई अन्तिम रूप दिन गठित समितिका संयोजक थिए । सोही समितिले सबै सरोकारवालासँग छलफल गरेको विधेयक संसद्‌मा पुगेको उनले बताए ।

कर्मचारी युनियनका अध्यक्ष गोपाल पोख्रेलले संसद्‌मा पुगेको ऐनमा थुप्रै त्रुटि रहेको बताउँदै यसको लागि संसद्‌मा रहेका सबै दलको सहयोग